आइतबारसम्म नै देशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना
काठमाडाैं | असार ८, २०८०
सांकेतिक तस्बिर
मनसुनी गतिविधि बढेसँगै पर्सि आइतवारसम्म नै देशका केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका छन् । आज (शुक्रबार), भोलि (शनिबार) र पर्सि (आइतबार) तीनै दिन पानी पर्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ ।
आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
यस्तै भोलि दिउँसो बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँ र राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका एकरदुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।
यस्तै पर्सि आइतवार दिउँसो मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान छ ।मनसुनी गतिविधि सक्रिय भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

